Loading...
सशस्त्र प्रहरीद्वारा रौतहटमा ५० थान ब्वाईलर कुखुरा पक्राउ, सबै कुखुरा खाल्डो खनी नष्ट

नरेन्द्र साह,रौतहट,फागुन ०९ हिन्दुहरुको महान पर्व होली पर्व आउने लगत्तै रौतहट जिल्लाको नेपाल भारत सिमा नाकाबाट ब्वाईलर कुखुराहरु भित्र्याउने कार्य सुरु भएको छ। सशस्त्र सुरक्षा कार्यालय रौतहटबाट प्रहरी सहायक निरिक्षकको गएको टोलीले ईशनाथ नगरपालिकाको अौरैया गाउँमा आज बिहान चेक जाँच गर्दा ५० थान ब्वाईलर कुखुरा सहित दुईवटा साईकल समातेका छन।ब्वाईलर कुखुरालाई नेपाल भित्र्याउनेमा नेपाल सरकार प्रतिवन्ध भएता पनि ब्वाईलर कुखुरा भित्र्याउने कार्य तिब्र भएको छ। यस्तो खबर आए पछि सशस्त्र प्रहरीले चेक जाँचमा कडाई गरि ब्वाईलर कुखरा समातेका छन। समातेको कुखुरालाई सशस्त्र सुरक्षा कार्यालय रौतहट गौरमा ल्याई स्थानीय भर भलादमी, सन्चारकर्मीहरुको रोहवरमा उक्त फिल्डमा खाल्डो खनी नष्ट गरेका छन।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *