
प्रेम गिरि
नेपाली कांग्रेसको युवा संगठन तरुण दलले राष्ट्रपतिविरुद्ध सडक आन्दोलन चर्काएको छ । राष्ट्रियसभा सदस्यका लागि देउवा सरकारले गरेको सिफारिस स्वीकृत नगरी केपी ओली सरकारको सिफारिस सदर गरेपछि तरुण दलले आन्दोलन चर्काएको हो । बुधबार उनीहरुले राष्ट्रपति कार्यालय शितल निवास बाहिर प्रदर्शन गरेका छन् ।
कांग्रेस नेतृत्वको सरकारले गरेको सिफारिस वेवास्ता गरी असंवैधानिक तरिकाले सक्रिय हुन खोजेको तरुण दलले आरोप लगाएको छ । राजनीतिक पूर्वाग्रहबाट ग्रसित भइ दलीय आस्थाको घेराभित्र बसेर राष्ट्रपतिले काम गरेको बताएको छ ।
‘संविधानको रक्षकले नै एउटा राजनीतकि पार्टीको सानो अध्यारो घेराभित्र बसेर गरेका यस्ता खाले असंवैधानिक निर्णयहरु तुरुन्त सच्याउन नेपाल तरुण दल जोडदार माग गर्दछ’ तरुण दलले भनेको छ ।
Facebook Comments