
नरेन्द्र साह,रौतहट, ९ गते फागुन । विश्व मातृभाषा दिवसको अवसर रौतहटमावबज्जिका भाषा विकास समारोह २०७४ भव्यताका साथ सम्पन्न भएको छ । उक्त समारोहमा बज्जिका समाजवाट लोप हुदै गएको संस्कृतिको प्रस्तुती संगै समाग्रीको प्रदर्शन पनि गरिएको थियो । हरेक वर्ष झै यस वर्ष पनि ग्रामिण शिक्षा विकास नेपालको आयोजनामा आज वुधवार रौतहटको गौरमा विभीन्न कार्यक्रमहरु गरि बज्जिका भाषा विकास समारोह २०७४ भव्यताका साथ मनाइएको छ । उक्त समारोहमा लोप हुदै गएको समाचकेवा, झिझियाँ, जटजटिन,नेटुवा,पारम्परिक विवाह गितका साथै खुर्दक,सिंग्हा,डम्फ, तासा लगायतका लोकवाजा, झाकी तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । साथै बज्विका समाजवाट लोप हुदै गएकोपाल्की,हलो,जुवा,लौरो,हुका,जाँतो,लगायतका समाग्रीहरुको प्रदर्शनी गरिएको थियो । समारोहका संयोजक योगेन्द्र प्रसाद यादबको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको आसनले सम्बोधन गर्दै पुर्व मन्त्री तथा रौतहट निर्वाचन क्षेत्र नम्बर एकका नवनिर्वाचित सांसद अनिल कुमार झाले बज्जिका भाषा विकासलागि पहल गर्ने बताउनु भएका थिए । विभिन्न दातृ निकायको सहयोगमा भएको समारोहमा बज्जिका भाषाको संरक्षण तथा संवर्धनमा सहयोग पुर्यायो भन्दै बज्जिकावाणीको संपादक दिनेश संगम,रिपोर्टर्स क्लब रौतहटको अध्यक्ष अभिमनु पटेल, बज्जिका पत्रकार संघ नेपालका केन्द्रिय सचिब पत्रकार चंचल कुमार झालाई सम्मानित गरिएको छ । कार्यक्रममा लोप हुंदै गईरहेको लोक संस्कृतीको बारेमा नया पुस्तामा जानकारी तथाबपरापुर्व कालदेखी चल्दै आएको धार्मिक र सांस्कृतीक परम्परा झल्किने कार्यक्रमहरु प्रस्तुत गरिएको संस्थाको सल्लाहकार जयप्रकाश यादबले बताउनु भयो । आज विहानै विभिन्न नाराका साथ प्रभात फेरी निकालिएको थियो
Facebook Comments