Loading...
फोरमले एमालेलाई भन्यो-“संबिधान संशोधनको कुरा गरौ, ३६ पटक वार्ता गरेर टाइम पास नगरौ”

फागुन ९, काठमाडौं–सरकारमा सहभागी हुने विषयमा नेकपा एमाले र संघीय समाजवादी फोरम नेपालसँग बीच छलफल भएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भैसकेको छ भने आज दोस्रो तहको नेताबीच छलफल भएको हो ।
छलफलमा फोरम नेपालले सरकारमा सहभागि हुन सविधान संशोधन हुनुपर्ने स्पष्ट धारणा राखेको थियो । आजको छलफलमा पनि फोरमका नेताहरुले संशोधनको कुरा अगाडी बढाउन आग्रह गरेको बताइएको छ ।

जवाफमा एमालेका नेताहरुले एमाले पार्टीले संशोधनको विरोध कहिल्यै नगरेको दाबी गर्दै नियोजित ढंगबाट विरोधी देखाइएको बताएका थिए । उनीहरुले समय र आवश्यकता अनुसार आफूहरु सविधान संशोधन गर्न तयार रहेको बताएका थिए ।
एमालेका सचिव प्रदीप ज्ञवालीले फोरम नेपाल सरकारमा आउन सकारात्मक देखिएको तर सविधान संशोधनलाई मुख्य माग बनाएको बताए । नेता राम सहाय यादवका अनुशार उहाले एमाले नेताहरुलाई संबिधान संशोधन गर्ने भए छलफल गरौ नभए ३६ पटक वार्ता गरेर समय खेर नफालौ भनेका थिए
छलफलमा एमालेका तर्फबाट नेता सुवास नेम्वाङ्ग र प्रदीप ज्ञवाली थिए भने फोरम नेपालका तर्फबाट वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र महासचिव रामसहाय यादव थिए । आजको बैठकबाट छलफललाई निरन्तरता दिने सहमति भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *