Loading...
समय बदलियो, बिधार्थी होइन अभिभावकले नै प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गर्छन र …..

राजविराज, फागुन । सप्तरीको जनता माध्यमिक विद्यालय खुरहुरियाका अभिभावकहरुले प्रधानाध्यापकको कार्यकक्षमा बुधबार तालाबन्दी गरेका छन् ।
विद्यालयको कार्य सम्पादनप्रति असन्तुष्टि जनाउँदै अभिभावकहरुको एक समूहले प्रधानाध्यापक सूर्यनारायण यादवको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । स्थानीय चितरञ्जन यादव, तेजनारायण यादव, रामचन्द्र यादव, दर्पी यादव, सञ्जीव यादव, मनोज यादवलगायतका व्यक्तिहरुको समूहले विद्यालय सञ्चालन रहेको अवस्थामा प्रधानाध्यापक यादवको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
शिक्षक पदपूर्ती प्रक्रिया पारदर्शी नभएको, ६ वर्षदेखि अभिभावक भेला नगरेको, विद्यालयको आय–व्यय सार्वजनिक नगरेको, कर्मचारी बैठक नगरेको, विद्यालयमा अभिभावकलाई बेवास्ता गरेको लगायतका आरोपहरु लगाउँदै तालाबन्दी गरिएको छ । आफुहरुको माग पुरा नभए थप सशक्त आन्दोलन गर्ने तालाबन्दीका नेतृत्वकर्ता चितरञ्जन यादवले जानकारी दिएका छन् ।

newstoday.com.np

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *