Loading...
मुख्यमन्त्री लालबाबु राउतलाई ८२ प्रतिशत प्रदेशसभा सदस्यको समर्थन

जनकपुरधाम, फागुन १० । प्रदेश नं. २को सरकारले प्रदेश सभामा आपार बहुमत प्राप्त गरेका छन ।  नेपालको संविधानको धारा १६८ को २ बमोजिम संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले फोरम संसदीय दलका नेता लालबाबु राउतको नेतृत्वमा गठन गरेको संयुक्त सरकारले बहुमत सिद्ध गरेका छन ।
प्रदेश नं. २को कुल एक सात प्रदेशसभा सदस्य मध्ये सरकारको पक्षमा ८२ मत परेका छन भने विपक्षमा १८ मत परेको छ । सभामुख तटस्थ बस्नु भएको थियो भने ६ जना सदस्य अनुपस्थित रहेका थिए ।
फोरम राजपा नेतृत्वको सरकारलाई एमाले, माओवादी केन्द्र, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य शेष मोहम्मद अब्दुलले समर्थन जनाएका छन । सरकारको विपक्षमा काँग्रेसले मात्र मतदान गरेका छन ।
आजको प्रदेश सभा बैठकमा नेपाली काँग्रेसका ओम प्रकाश यादव, एमालेका अनिता कुमारी यादव,त्रिलोकी प्रसाद, माओवादीका कुन्दन प्रसाद कुसवाहा मो. समिम र राम कुमार यादव अनुपस्थित रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *