
काठमाडौं, १० फागुन । प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झालाई सर्वोच्च अदालतले क्लिनचिट दिएको छ । मुख्य न्यायाधिवक्ता झाको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ताद्वय मधु पाठक र डिल्लीप्रसाद न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सो रिट निवेदनमा प्रधानन्यायाधिश गोपाल पराजुलीको वेन्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले सामाजिक संजाल मा यस्तो लेखेका छन् :
मेरो योग्यतामाथि प्रश्न गरी दर्ता गरेको रिट निवेदनमा सम्माननीय प्रधान न्यायाधिश गोपाल पराजुलीको वेन्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । भ्रमहरु चिरिएका छन् र मैले नैतिक विजय पाएको छु । सम्मानित सर्वोच्च अदालतले दुवै पक्षको कुरा सुनी मेरो अध्ययनको कागजात समेत हेरी न्याय गरेको छ । मेरो योग्यताको सन्दर्भमा मैले सन् २००७ मा कानुनमा स्नातक उतीर्ण गरेको, सन् २००६ मै थाइलैण्डको महिडोल विश्वविद्यालयवाट मानव अधिकार कानूनमा तथा त्यसपछि बेलायतको ब्रैडफ्रोड विश्वविद्यालयवाट शान्ति तथा द्धन्द्ध व्यवस्थापनमा स्नातकोत्तरसंगै संवैधानिक र फौज्दारी कानूनमा नेपाल ल क्याम्पसवाट कानुनमा स्नातकोत्तर (एलएलएम) पुरा गरेको छु । साथै अमेरीकावाट कानूनी शासन र न्यायिक पूर्नसंरचना कोर्स, ब्राजिलवाट कानून अनुसन्धान,मेक्सीकोवाट मानव अधिकार कोर्स, स्वीटजरलेण्डवाट न्याय सम्बन्धी कोर्स, लण्डनवाट मानवीय कानून सम्बन्धी कोर्स र विगत १२ बर्षमा लगभग १२ वटा कानून र न्याय सम्बधि पुस्तक, सयौ अनुसन्धान र पाँच सय वटा जति लेख लेखिसकेको छ । यसकारण मेरो योग्यता सम्बन्धमा कुनै शंका र भ्रम नराखे हुन्छ
म प्रदेश न.२ मा जागिर खान गएको पनि होइन, संघियता कार्यान्वयन र स्वायत्तताका लागि कानून निर्माणको ‘मिसन’ मा सहयोग गर्न गएको हो । मेरो ध्येय केवल मधेश र देश वनाउनमा योगदान गर्नु हो । मेरो त्यागलाई लोभ ठान्नेहरुले बुझ्नुपर्ने हो कि यसको लागि मैले मेरो श्रीमति र प्यारी छोरीहरुलाई काठमाडौमा छोडनु परेको छ । छोरीहरु पाँच बर्षकी आर्या र १० बर्षकी दियाले पापालाई राति अझै पनि खोज्ने गरेको र राति डराउने अवस्था छ । राम्रै आम्दानी हुने ल‘ फर्म त्याग गरेको छु ।
त्यसैले तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु कि प्रदेश २ को संघियता कार्यान्वयन र स्वायत्तताका लागि कानून निर्माणको मिसनलाई सफल बनाउन कुनै कसर बाँकी राख्ने छैन । काम गर्ने क्रममा आउने यस्ता बाधा र अवरोधहरुबाट हामी डराउँदैनौ । यस्ता चुनौतीका वावजुद मलाई प्रदेश नं. २ को मुख्य न्यायाधिवक्तामा नियुक्तिका लागि दृढता देखाउनु भएकोमा आदरणीय नेता उपेन्द्र यादव तथा माननीय मुख्यमन्त्री लालबाबु राउतलाई सहृदयबाट धन्यबाद दिन चाहन्छु । मेरो भावना नबुझी यस्ता भ्रम फैलाउने साथीहरुले मेरो परिवार र व्यक्तित्व माथि गरेको घातको इन्साफ समयले निर्धारण गर्ला । सवैको जय होस् ।
Facebook Comments