Loading...
कैलालीमा विश्वासै नलाग्ने गरी भुत प्रेतलाइ रुखमा बाधेर यसरी मनाउछन होलि !
सहकर्मी,
जनक रावत (जे.के),,
कोटातुल्सीपुर कैलाली:=आदिवासी जनजाती तराईको भुमीपुत्र थारु अन्तर्गत पर्ने कठरिया सामुदायको होली पर्ब सुरु भई सकेको छ । थारु कठरिया सामुदायको होली पर्ब सबै भन्दा ठुलो पर्ब हो । यो होली पर्ब कठरिया समुदायमा मुख्य होलीको दिनको एक हप्ता देखि अगाडी देखि होली नाँचको लागि तयारी गरि सुरु हुने गर्दछ ।
होलीमा बिशेष कठरिया समुदायका युवा युवतीहरुले पराम्परागत साँस्कृतिक पहिरन लगाएर होली सुरु भए देखि एक हप्ता सम्म होली नाँच नाच्ने गर्दछन् । कम्मरमा ठुलो ढोल बाजा बजाएर कठरिया युवा युवतीहरु होली खेल्दै गाँउघरमा, समुदाय, छरछिमेक तथा आफ्ना आफन्त संग रमाइलो गरी होली नाँच नाँचेर होली पर्ब मनाउने गर्दछन् । होलीमा नाँच्ने र आफ्ना सँस्कतिक पहिचानको संरक्षण सम्बद्र्धन गर्ने उद्धेश्यले हरेक बर्षको होलीमा होली नाँचगाँन गरेर होली पर्ब मनाउने र आफ्ना देवीदेवताको पुजा आजा गर्ने गर्दछन् ।
होलीमा सानो सिमलको रुख प्रत्येक बर्ष गाँउको पुजा गर्ने ठाँउ (मरुवामा) मा रोप्ने, र त्यसमा पुजा गरेर होली पर्ब मनाउने गर्दछन् । सिमलको रुखमा गाँउमा रहेका तथा घरपरिवारमा रहेका भुतप्रेतलाई बाँध्ने र देवी देवतालाई मनाउने धार्मिक आस्थाले होलीमा सिमलको रुखमा खरानी भएको गोबरको गुइठाले र साथमा होलीको दिन पकाएका रोटी चढाएर पुजा गरेर होली पर्ब मनाउने गरिन्छ । होलीको ८ औँ दिनमा पानी होली (खखरेहरा होली) खेली होलीलाई बिदाइ गर्ने चलन कठरिया समुदायमा रहेको छ ।
त्यसैले अन्य समुदायको तुलनामा थारु आदिवासी जनजाती तराईको भुमीपुत्रमा पर्ने कठरिया समुदायको होली पर्ब एकदमै ठुलो बिशेष पर्बको रुपमा बुझ्न सकिन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *