Loading...
यस्तो छ नयाँ शक्तिले गरेको निर्णय, पार्टीको नाम पनि फेरिने, के राखिने भयो नयाँ नाम ?

काठमाडौँ । नयाँ शक्ति पार्टी, नेपाल संघीय परिषद्को चौथो विस्तारित बैठक लुम्बिनीमा सम्पन्न भएको छ ।

संयोजक डा. बाबुराम भट्टराईको अध्यक्षतामा फागुन ९ गतेदेखि १२ गते अर्थात ४ दिन सम्म विस्तारित बैठक आयोजना गरिएको थियो ।

बैठकले पार्टीलाई सांगठनिकरुपमा पुनर्गठन गर्ने गरी प्रस्तावहरु अघि सारेको छ । जसमा बैठकले ‘भिजन ५ र मिसन ५’ नामक सांगठनिक पुनर्गठन प्रस्ताव अनुमोदन गरेको छ । जस अन्तर्गत वैचारिक–राजनीतिक मार्गदर्शनसँगै संगठनात्मक शक्ति र संसदमा उपस्थिति दुवै हिसाबले शक्तिशाली तेस्रो ध्रुव बनाइने पार्टीले बताएको छ ।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन एक वर्षभित्र गर्ने निर्णय गरिएको छ । बैठकले पार्टी समितिका सदस्यहरुको योग्यता र अनुभव पनि किटान गरेको छ । आसन्न प्रथम राष्ट्रिय महाधिवेशनमा पार्टीको नाम परिवर्तन गर्ने निर्णय भएको छ र सोको लागि छलफलबाट उपयुक्त नाम तय गरिने पार्टीले जनाएको छ । पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई संघीय परिषद्को चौथो विस्तारित बैठकद्वारा सर्वसम्मतिले पुनः संयोजक पदमा चयन गरिएको आजको नया पत्रिकाले समाचार छापेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *