Loading...
नयाँ नेपालमा पुरानो सोच, केेन्द्रीय मन्त्रालयलेनै अवरोध पुर्याइरहेको मुख्यमन्त्रिको गुनासो

फागुन, काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रै लेखेर संघीय मन्त्रालय र कर्मचारीको असहयोग भएको गुनासो गरेका हुन् ।

प्रदेश २ का मुख्यमन्त्री राउतले प्रधानमन्त्रीलाई लेखेको पत्रमा केन्द्र र प्रदेश सरकारबीच समन्वय र सहकार्यमा जोड दिएका छन् । स्थापित हुन लागेको प्रादेशिक संरचनालाई नीतिगत, कार्यगत र स्रोतसाधनमा सहयोग चाहिएको पनि उनले बताएका छन् ।

तर, केेन्द्रीय मन्त्रालय र कर्मचारीबाट प्रदेश सरकारको काममा असहयोग तथा अवरोध भएको राउतको लेखेको पत्र मा उल्लेख गरेका छन् ।


पत्र मा भनिएको छ ‘ समयसमयमा अनावश्यक रुपमा प्रान्तीय सरकारको काममा अवरोध हुने गरी निर्देशनहरु पनि संघीय मन्त्रालयहरुबाट जारी हुने गरेका छन् ।’ आजको नागरिक पत्रिकामा समाचार प्रकाशित भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *