Loading...
बलिउडकी चर्चित तथा सुपरस्टार अभिनेत्री श्रीदेवीको हृदयाघातका कारण निधन

१३ फागुन, काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । हृदयाघातका कारण उनको गएराति दुबईमा निधन भएको पारिवारिक स्रोत ले बताएको छ ।
श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो । उनको पहिलो तमिल फिल्म ‘कन्धन करुणई’ रहेको छ । सन् १९९७ मा फिल्म ‘जुदाई’ गरिन । त्यसैगरी सन् २०१२ मा इङ्लिस-भिङ्लिस फिल्ममा अभिनय गरिन् । त्यसैगरी  सन् २०१७ मा श्रीदेबीले फिल्म ‘मम’ मा काम गरिन् र ‘मम’ उनको ३ सय औं फिल्म बनेको थियो । श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारको रुपमा ‘सोलहवा साल’बाट हिन्दी फिल्ममा अभिनय शुरु गरेकी थिइन् । ८० को दशकमा हिन्दि फिल्म जगत मा उनको हात समात्न सक्ने कुनै हिरोइन नै भएन

जितेन्द्र र श्रीदेवी मिलेर हिम्मतवाला, तोहफा, जस्टिस चौधरी र मवाली जस्ता सुपरहिट फिल्म दर्शकमाझ ल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *