Loading...
उपेन्द्रले ओलीलाई गलाएरै छाडे, ओलीको सबै जुक्ति र दम्भ फेल, संबिधान संशोधन गर्न तयार

४ फागुन काठमाडौं । संविधान संशोधन नहुने अडानमा रहेको एमाले अन्ततः पछि हटेको छ । नेकपा एमाले र माओवादी केन्द्र संविधान संशोधन गर्न सहमत भएका छन् । संशोधन नगर्ने एमाले माओवादीले लिएको अडान लाइ फोरम ले फेल गरिदिएका छन् ।

यो संगै ओलीको संविधान संशोधन प्रतिको धारणामा उपेन्द्र यादव हावी भएको देखिन्छ, उपेन्द्रले जव सम्म मधेसी आदिवासी जनजाती मुस्लिम शिल्पी समुदायले अपनत्व महसुस गर्ने गरि संविधान संशोधन हुदैन तव सम्म सरकारमा नजाने र सहयोग नगर्ने अडान लिदै आएका यादवले ओलीलाई गलाएरै छाडेको अनुमान गरिएको छ l

अब यदि संबिधान संशोधन भयो भने उपेन्द्र यादव नेतृत्वको फोरम पनि सरकारमा सहभागी हुने पक्का छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा भएको वार्ता पछि सरकारले ‘आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने’ प्रतिवद्धता जनाएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *