Loading...
प्रदेश नं. २ मा मन्त्री परिषद विस्तार, यी हुन् फोरम-राजपाका ४ मन्त्री र ३ राज्य मन्त्री

जनकपुरधाम, फागुन १६ । प्रदेश नं. २ मुख्यमन्त्री लालबाबु राउतले आज मन्त्री परिषदको विस्तार गर्नु भएको छ । दोस्रो पटक भएको मन्त्री परिषद विस्तारमा ४ मन्त्री र ३ जना राज्य मन्त्री परेका छन ।
सत्ता गठबन्धन फोरम र राजपाबाट २÷२ जनाले आज मन्त्री पदको सपथ लिएका छन । भने राज्यमन्त्रीमा फोरमबाट ३ जनाले सपथ लिएका हुन ।
मन्त्रीपदको सपथ लिनेहरुमा ज्ञानेन्द्र यादव, शैलेन्द्र प्रसाद साह, नवलकिशोर साह र राम नरेश राय हुनु हुन्छ । उहाँहरुलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले एक समारोहका बीच पद तथा गोपिनयताको सपथ ग्रहण गराउनु भएको छ । सो अवसरमा मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीद्वय विजय यादव र जितेन्द्र सोलनका साथै विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका अधिकारीहरुको उपस्थिति रहेको थियो ।
त्यसै गरि मुख्यमन्त्री राउतले आजै राज्यमन्त्रीहरु सरोज कुमार सिंह, योगेन्द्र राय यादव र उषा यादवलाई सपथ ग्रहण गराउनु भएको हो ।
फोरम बाट मन्त्रीमा सिफारिस भएका ज्ञानेन्द्र यादव आन्तरिक मामिला तथा कानून र शैलेन्द्र साहले भूमि सुधार कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाउनु भएको छ । छ भने राजपाबाट सिफारिस भएका नवलकिशोर साह समाजिक विकास र राम नरेश रायले उद्योग, बन तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । त्यसै गरि राज्यमन्त्रीहरुमा सरोज सिंह आन्तरिक मामिला तथा कानून, उषा यादव अर्थ र योगेन्द्र राय यादव भूमि सुधार, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनु भएको हो

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *