
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रबिक्रम चन्द विप्लवको नाममा एमाले अध्यक्ष केपी ओली सरकारको पक्राउ पूर्जी टाँस र कानुनी धम्कीको पुरै खारेज गरेको छ । नेकपाका प्रवक्ता प्रकाण्डले विज्ञाप्ति जारी गर्दै विद्यार्थी जीवन देखि क्रान्ति, नेपाल राष्ट्रको स्वाधिनता र नेपाली जनताको राजनैतिक अधिकारका निम्ति समर्पित नेतृत्वलाई कथित विस्फोटक पदार्थको मुद्दा लगाई पक्राउ पूर्जी टाँस्ने अदालत र प्रहरी प्रशासनको हर्कतको पार्टी घोर निन्दा र भत्र्सना गरेका छन् ।
उनले यस्तो झुट, कपोकल्पीत, षड्यन्त्रमूलक, हाँस्यास्पद र राजनीतिक चरित्र हत्या गर्न गरिएको प्रपंच यथाशक्य रोक्न ओली सरकार र त्यसका अदालत तथा प्रहरी प्रशासनीक निकायलाई कडा चेतावनी समेत दिएका छन । प्रवक्ता प्रकाण्डले आफ्नो पार्टी राष्ट्रघाती, देश बेचुवा, दलाल, भ्रष्टाचारी, कमिशन खोर, महिला बेचुवा नभएको ठोकुवा गर्दै के ओली प्रचण्ड गठबन्धन सरकारले हाम्रो बारेमा प्रश्न उठाउन सक्छ ?भन्ने प्रश्न गरेका छन् ।
पार्टी महासचिव विप्लवलाई लगाईएको झुट्टा मुद्दा तुरुन्तै खारेज गर्न माग गरेका छन । यदि खारेज गरिएन भने पार्टी नेता कार्यकर्तालाई झुट्टा मुद्दामा फसाउने, गिरफतार गर्ने र पार्टी माथि दमन गर्ने योजनाकार, अदालत एवं प्रशासनका कारिन्दा र सिआईडी सुराकीविरुद्ध कारबाही बढाउन पार्टी वाध्य हुने चेतावनी दिएका छन र यसबाट निष्किने भयावह परिणामको कारक तत्व ओली सरकार, प्रचण्ड ओली गठबन्धन र यो देशका दलाल तत्वहरु हुने उनले बताएका छन् ।
www.khabardabali.com
Facebook Comments