Loading...
एमाले र माओवादी संसदीय दलको संयुक्त बैठक बस्दै , यी हुन् आजका मुख्य एजेण्डा

काठमाडौं, फागुन १९ । एमाले र माओवादी केन्द्रले आज दुवै पार्टीको संयुक्त संसदीय दलको बैठक बोलाएका छन् । पार्टी एकता हुनेभएपछी प्रशिक्षणका लागि संयुक्त बैठक बोलाइएको हो ।

सोमबारबाट संसदको बैठक सुरु हुने भएकाले त्यसअघि नै सांसदहरूलाई केही प्रशिक्षण दिन लागिएको एमाले का एक नेताले जानकारी दिएका छन् ।

बैठकमा प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल र पूर्वसभामुख सुवास नेम्वाङले दुवै दलका सांसदहरूलाई निर्देशनसहितको प्रशिक्षण दिनुहुने छ । बैठक संसद भवनमा बोलाइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *