Loading...
आफ्नो मातृभाषालाई सम्मान गर्दै कुन सांसदले कुन भाषामा सपथ ग्रहण गरे ? (सुची सहित)

संघीय संसदहरूले आफ्नो मातृभाषामा सपथग्रहण लिने कुरा भाषा प्रतिको सम्मान हो । तथ्य स्पष्ट छ, नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र बहुराष्ट्रियताहरू भएको देश हो । आदिवासी जनजाति, मधेसी लगायतको पहिचान र अधिकारसँग सम्बन्धित मूल सवालहरूलाई संविधानले समेट्न नसके यथार्थ त छँदैछ । तर पनि संविधानले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समाुनपातिक समावेशितालाई स्वीकारेको छ ।

तोडमोड गरेरै भए पनि संविधानमा लिपीबद्ध भएको संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशितालाई आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिलाको दृष्टिकोणले त्यस अनुकूल बनाउन संशोधन संशोधन एक विकल्प हो । यस पृष्ठभूमिमा प्रतिनिधिसभा २७५ र राष्ट्रियसभा ५९ सहितको संघीय संसदको सपथग्रहण सम्वत् २०७४ फागुन २० गते हुँदैछ । नेपालमा १२३ भाषाहरू छन् । त्यसमध्ये ९८ भाषाहरू रैथाने भाषाहरू हुन् । त्यो भनेको नेपालकै माटोमा उत्पत्ति भई बाँचेका भाषाहरू हुन् । खस नेपालीसहित ११ भाषाहरू (मगर, थारु, नेपाल भाषा, तामाङ, मैथिली, अवधि, भोजपुरी, बज्जिका, उर्दू र हिन्दी) मा ४२ जना संघीय संसदहरूले आफ्नो मातृभाषामा सपथग्रहण गर्ने समाचार आफैमा सुखद हो । आफ्नो मातृभाषामा सपथ लिने कुरा भाषा प्रतिको सम्मान हो 

गोबिन्द छन्त्याल
उपाध्यक्ष : नेपाल आदिवासी जनजाति महासंग

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *