Loading...
१ नम्बर प्रदेशको नामांकरण किरात प्रदेश नै किन ?

चामलिंग सुरेन

बर्तमान नेपालको संबिधान २०७२ द्वारा निर्देशित भै निर्मित १ नम्बर प्रदेशलाई “किरात प्रदेश” नामांकरण गर्नुपर्छ भनेर भनि रहदा यहाँ कोहि पनि झस्किनु पर्ने,चस्किनु पर्ने अथवा उम्लिनु पर्ने कुनै पनि कारण छैन,यदि कसैलाई यो शब्द प्रति आपति छ भने त्यो बुझाईको कमि हो, त्योअध्ययन को कमि हो|सबै को आ-आफ्नो मत भए पनि मुलुक संघियता कार्यन्वयन को एक बिशिसिष्ट अबस्था मा छ, ७ ओटै प्रदेश मा मुख्य मन्त्रि नियुक्त भैसकेको अबस्था हो र मुलुक ले प्रधानमन्त्री पनि पाईसकेको अबस्था हो, भलाई पूर्ण प्रदेश सरकार र संघीय सरकार बनिसकेको छैन तर त्यो पनि अव को केहि दिन भित्रै पुरा भैसक्ने छ |अव को प्रदेश सरकार र संघीय सरकारको प्रमुख काम मध्य अस्थाई रुप मा तोकिएको प्रादेशिक राजधानी र नम्बर को हिसाब मा राखिएको प्रदेश लाई अन्तिम रुप दिदै स्थायी मुकाम तोक्ने अनि प्रदेश को मिल्दो नाम राख्ने | यो केहि बिबादित र पेचिलो बन्ने देखिन्छ यधपी यो धेरै जटिल बिषय होइन यदि हामी फराकिलो कोण बाट सबै कुरा लाई विश्लेषण गरि अगाडी बढ्छौ भने, यदि हाम्रो ईतिहास प्रति सम्मान छ भने , यदि हामि एक अर्का मा समभाब राख्छौ भने |

“किम्पुरुष देश” भनेर प्राचिन काल मा चिनिने समस्त हिमाली खण्ड आज (छोटीदै-छोटिदै) काठमान्डौ उपत्यका पुर्ब को समस्त भाग हुन् ,जस को अर्थ “किरातदेश/प्रदेश” हुन्छ| नेपाल प्रज्ञा प्रतिष्ठान ले प्रकाशित गर्ने बृहद नेपालि शब्दकोष मा“किरात” माने पुर्बी नेपालमा पर्ने माझ किरात तथा पल्लो किरात नाम ले प्रसिद्द एक प्रदेश, भन्ने छ, |

आज भन्दा लगभग चालिस बर्ष अगाडी सम्म पनि काठमान्डौ उपत्यका पुर्ब का समस्त भू-भाग हरुलाई “किरात” नै भनिन्थ्यो, ईतिहास र पात्र हरु जिवितै छन्, काठमाडौँ पूर्व का क्षेत्र हरु जुन“किरात” भुमिहो त्यस लाई तत्कालिन शासक हरु ले तीन भौगोलिक“किरात क्षेत्र” मा बिभाजन गरे “ओल्लो किरात”, जुन सुन कोशी र दुधकोशी बीच को भूभाग लाई जनाउछ ,त्यसै गरि ”माझ किरात” जुन दुधकोशी र अरुण बीच को समग्र भू-भाग हो र“पल्लो किरात”अरुण पुर्ब (मेची वारि?) को भू-खण्ड ,अझै पनि बुढा पाका हरु को जिब्रो मा यहि शब्दहरुहराएका छैनन् | सुनुवार लगाएत को हरु बाहुल्य भएको क्षेत्र लाई “ओल्लो किरात” भनियो किनकि यो काठमाडौँ नजिक थ्यो .त्यस्तै राई बाहुल्य क्षेत्र लाई “माझ किरात” भनियो र लिम्बु बाहुल्य क्षेत्र लाई “पल्लो किरात” भनियो, यसरि तत्कालिन शासक हरु ले आफ्नो स्वार्थ को लागि, आफ्नो सजिलो को लागि समग्र “किरात भुमि” लाई विभाजन गरे , यसरि यी क्षेत्र हरु लाइ भौगोलिक हिसाब ले ,राजनैतिक,प्रशासनिक,सास्कृतिक हरेक हिसाब ले एक अर्का मा अलग-थलग राख्ने काम भयो गौण रुप अझै पनि छ भन्दा अपराध नहोला , “किरात” एकक्षेत्र मात्र नभई यो एक समुह पनि भएको कारण यहि विशेषता लाई कमजोरी को रुपमा हतियार बनाई यसरि विभाजन गरियो |हुन त काठमाडौँ पनि किरात क्षेत्र भित्र कै क्षेत्र हो तर यसलाई अलग्गै नै राखियो कि न कि यस ठाउ मा रहेर शासन गर्नु पर्थ्यो यस मा भन्नु केहि पनि छैन तर पनि उनीहरु ले किरात हरु को अस्तित्व लाई नकार्न सकेनन, उपत्यका भित्र रहेको स्थान को नाम, मुर्ति हरु ,बिभिन्न समय मा भटिएको शिलालेख हरु बोल्छ ,बोलिरहेको छ ..!

स्मरण रहोस दोलखा जिल्ला मा “किरात छाप” भन्ने ठाउँ नै छ जहा देखि तत्कालिन ब्यबस्था ,तत्कालिन शासक हरु ले लगाएको सिमा अनुसार “किरात क्षेत्र” प्रारम्भ हुन्छ |

यी कुरा हरु भनिरहदा धेरै लाई लाग्न सक्छ यो त जातिवादी कुरा जस्तो भो ,नश्ल बादी कुरा जस्तो भो तरत्यस्तो होइन हो यो यो बिषय केहि समुदाय संग जोडिएको बिषय अबस्य पनि हो तर यसो भन्दा अरु संग नजोडिएको भन्ने चै होइन यो यस क्षेत्र को बाहुन को पनि सरोकार को बिषय हो , कामि को पनि सरोकार को बिषय हो , किनकि प्राचिन शास्त्र हरु महाभारत,यजुर्बेद,अथर्ब बेद मा उल्लेखित “किरात प्रदेश” भुमि मा बस्ने म बासिन्दा हो भन्नु सबै को गर्ब को बिषय हो , आफु लाई “किराती” भनेर चिनाउने समुदाय को लागि त झनै आफ्नो ईतिहास को सम्मान को बिषय हो , तर अहिले को वर्तमान समय मा “किरात” शब्दकुनै एक जाति र नश्ल भन्दा माथि को बिषय हो किनकि यो शब्द र यसको बृहद अर्थले  समग्र भूगोल समेट्छ,ईतिहास समेट्छ ,सस्कृति समेट्छ ,तसर्थ यस “किरात” शब्दल एक जीवित सभ्यता लाई प्रतिनिधित्व गर्छ र यसलाई बचाउनु हामी सबै को दायित्व हो, बिस्व को प्राचिन सभ्यता हरु मध्ये “किरात सभ्यता” पनि एक हो तपाई मान्नुस नमान्नुस मेरो अध्याएन ले यो देखाउछ , केहि दश अघि सम्म पनि पुर्ब को सबै जात-जाति ,भाषा-भाषी हरु ले म “ओल्लो किरात” बासिन्दा, म“पल्लो किरात” बासि, म“माझ किरात” को भनेर आफुलाई चिनाउने गर्थे र यो भुमि लाई यसरि नै चिनिने गरिन्थ्यो ईतिहास र त्यस का पत्र हरु अझै सम्म जीवित छन् , तसर्थ पूर्व को दोलखा र रामेछाप छुटे पनि पुर्ब का १४ जिल्लालाई समेटेर एक प्रदेश बनेको छ त्यसलाई “किरात प्रदेश” नामाकरण गर्न उचित नै छ, अझै एक नम्बर प्रदेश लाई “किरात प्रदेश” किन नामांकरण भन्ने सबाल मा म तीन वटा मुख्य र अति नै महत्वपूर्ण कारण हरु देख्छु जुन निम्न अनुसार छन् |

१)प्राचिन सभ्यता लाई संम्मान सहित जीवित राख्न

मैले माथि नै भनि सके कि किरात जाति र सभ्यता एक प्राचीनतम सभ्यता हुन् भनेर,यलम्बर कै शासन समय लाई आधार मान्ने हो भने पनि लगभग ३७ सय बर्ष हुन आउछ तरकुनै पनि जति शासन गर्ने तह मा एकै चोटी पुग्दैन ,कोहि कसैले भन्ने गरेको छ प्रतिशोध पूर्ण तरिका ले कि किरात काल नै थिएन भनेर तर थियो कि थिएन भनेर यहाँ को ढुंगा-माटो बोल्छ, बिभिन्न काल खण्ड मा भेटिएको शिलालेख हरु बोलिरहेको छ,मूर्तिकला हरु,स्थान को नाम , बेद शास्त्र हरु ,महाभारत, बोल्छ , र यी बोलि हरु मा यी प्रमाण हरु मा पनि मुख्य त “किरात” एकजाति, क्षेत्र भन्ने बुझ्छौ तर समय क्रम मा अव यो फेरियो यो अहिले सभ्यता मा परिबर्तन भै सक्यो सभ्यता बन्ने नै यसरि हो एक जाति एक भूगोल मा फैलिन्छ अनि कालान्तर मा त्यो क्षेत्र मा बस्ने जो सुकै होस् त्यहि सभ्यता भित्र को कह्लाईन्छ | तसर्थ“किरात” पनि अव एक सभ्यता हो ,यो सबै को साझा सम्पति हो, यहाँ जन्मिने जो सुकै चाहे बाहुन होस् चाहे कामी, मगर होस् या लिम्बु, जो सुकै होस् भूगोलर सभ्यता को हिसाब ले “किरात” बासि,सभ्यता ले “किराती” हुन् भने जात लेबाहुन,कामि,मगर,लिम्बु रास्ट्रियता ले “नेपालि” यो बुझ्न जरुरि छ, अलि अध्ययन को दायरा लाई फराकिलो पार्न जरुरि छ , कति लाई यो कुरा स्वीकार गर्न गार्हो छ तर त्यो समय क्रम मा सत्य सबैले बुझ्ने छ, यसरि,”किरात” एक प्राचिनकाल देखि अस्तित्व मा रहेको एक जाति, एक भूगोल र जीवित एक सभ्यता को नाम हो, यो हाम्रो देश को अमुल्य सम्पति हो, ईतिहास र सस्कृति अध्ययन गर्न चाहने हरुको लागि एक उर्बर केन्द्र हो तसर्थ यो नाम लाई निरन्तरता दिदै यो सभ्यता लाई जोगाउदै विकास गर्दै लानु सचेत एक नम्बर प्रदेश बासीहरुको एक मुख्य काम ,कर्तब्य र दायित्व हो |

२) ईतिहास को सम्मान

ईतिहास बाट सिक्नु, परिमार्जित हुदै जानु र सम्मान गर्नु हरेक सचेत व्यक्ति को कर्तब्य हो, प्राचिन काल देखि नै किरात जातिको,किरात क्षेत्रको र किरात सभ्यताको महत्वपूर्ण योगदान छ यो क्षेत्र मा,प्राचिनकालमा यो खण्ड लाई स्थिर र ब्यबस्थित राख्न मुख्य योगदान थियो , बिभिन्न ईतिहासकार हरुको मत अनुसार यो भू-खण्ड मा “किरातकाल” जतिको ब्यबस्थित शासन प्रणाली कुनै थिएन र भएन पनि, मध्यकालीन समय मा छिन्न भिन्न अबस्थामा रहे पनि सास्कृतिक निर्माण मा,सामाजिक ब्यबस्था मा उल्लेखित योगदान रहेको छ, यो जाति आफै मा ब्यबस्थित जाति हो ( सामाजिक,सास्कृतिक,आर्थिक रुप ले ) र सबै भन्दा महत्व पूर्ण पछिल्लो आधुनिक काल मा भएको महत्वपूर्ण घटना हरु मा किराती हरु को महत्वपूर्ण योगदान रहेको छ ,प्रत्येकअन्याय बिरुद्द को लडाई मा सक्रियता पुर्बक यो जात ले , यो भूगोल ले सहभागिता जनाएको छ, ईतिहास कत्ति गलत लेखिएको छ कत्ति गलत बुझाईएको छ यो अलग बिषय हो, यसमा पनि समिक्षा गर्नु जरुरि छ| तत्कालिन शासक हरुले आफ्नो अनुकुलता मा समग्र “किरात” लाई समय समय मा खण्ड खण्ड गरे, कहिले“ओल्लो किरात”, “माझ किरात” , “पल्लो किरात” गरि त कहिले “मेची”,”कोशी”, “सगरमाथा” र केहि भू-भाग “जनकपुर’ अन्चल मा राखेर , सधै यो भूगोल लाई अलग-थलग राख्ने काम भै रह्यो, तर अहिले दोलखा र रामेछाप बाहेक हिजो को “किरात प्रदेश” लाइ पुन: एक राजनैतिक भू-खण्ड मा राखिएको छ, यो केहि हद सम्म प्रगतिशील नै मान्नु पर्छ, मैले अघि नै भनि सके कि दोलखा मा “किरात छाप” भन्ने ठाउ नै छ जहाँ बाट पुर्ब “किरात क्षेत्र” हो भनि तत्कालिन शासक हरु लेसिमाना नै ठोके , बिभिन्नसमय मा यो क्षेत्र को ऐतिहासिकता लाई नामेट पर्न खोजियो तर पनि  आज उक्त भुमि एक एकाई मा आएको छ (दोलखा र रामेछाप छोडेर) तसर्थ यो एक हद सम्म ईतिहास को सम्मान नै हो तर पनि पूर्ण होइन त्यसैले यो एक प्राचिन ईतिहास को पूर्ण सम्मान को लागि यो भुमि लाई, यो प्रदेश लाई “किरात प्रदेश” नामांकरण गर्न जायज छ, किनकि यो चिहान खनेर गाड्न खोजेको एक ईतिहास हो, यसलाई गाड्ने होइन यसलाई जीवित र चलायमान राक्नु जरुरि छ ,हरेक सकारात्मक ईतिहास लाई जोगाउनु सचेत व्यक्ति-समुह को कर्तब्य हो,  आफ्नो विशेषता,ईतिहास लाई जोगाउनु गणतन्त्र को कर्तब्य हो , जब त्यो जाति को, त्यो क्षेत्र को, त्यो सभ्यता को ईतिहास ले सम्मान पाउछ तब मात्रै त्यो जाति,भूगोल र सभ्यता को बिकास हुन्छ, |

३)भाषा,सस्कृतिको रक्षा र बिकास

मानबिय जिबन,सभ्यता,भूगोल को चिनारीमाभाषा,सस्कृति को महत्वपूर्ण भूमिका रहन्छ, यतिको लामो कालखण्ड मा यो क्षेत्र मा बिभिन्न भाषा,सस्कृति जन्मिने र हुर्कने काम भएको छ , र यी चिज हरु यस भूगोल को चिनारी हो र यीभाषा,सस्कृति हरु को साझा चिनारी भनेको “किरात” बाहेक केहि पनि हुन सक्दैन, यी भाषा,सस्कृति,रहनसहन को विशेषता भनेको “किरात” हो, “किरात”नाम बेगर को यहाको भाषा,सस्कृति,रहन सहन शिर बेगर को शरीर जस्तो हुन्छ , “मुर्कुटा”भाषा,सस्कृति,रहनसहन बन्न जान्छ तसर्थ यी हाम्रो जीवित अमुल्य सम्पदा हरु जोगाउन,विकास गर्न “किरात प्रदेश” नामांकरण नगरी अपूर्ण हुन्छ | बिकल्प छैन | जरुरि छ |

कुनै पनि चिजको न्वारन गर्न त्यति सजिलो कुरा होइन | त्यसकोविशेषता, त्यसको काम,चालचलन,ईतिहास वा भबिष्य को कल्पना सबै ख्याल गर्नु पर्ने हुन्छ,हेर्नु पर्ने हुछ|उदाहरण को लागि रेडियो लाई टेलिभिजन दीइएन र अहिले ल नाम फेरौ भन्दा नि हुन्न किनकि रेडियो बनाईनु को कारण,उदेश्य,प्रयोजन,ईतिहास फरक छ टेलिभिजन को भन्दा त्यसैले नाम साट्दा, नाम अर्को राख्दा सुहाउदैन,मिल्दैन |  त्यस्तै यो प्रदेश को ईतिहास,विशेषता, सस्कार,सभ्यता, सास्कृतिक बनोट, लाई एकमुस्ट चिनाऊने नाम “किरात प्रदेश” भन्दा अरु हुन सक्दैन | हिजो को दिन मा बिबिध कारण ले पछी परेको यहाँ को जाति समुदाय को मानसिकता लाई सक्रिय बनाउन,उत्थान गर्न पनि  “किरात प्रदेश” नामांकरण गर्नु जरुरि छ, हुन त केहि ले नदि,खोला-खाली, डाडा हरु को नाम राख्दा उपयुक्त हुन्छ भन्छन बरु त्यो एक स्थान बिशेस मा गनिन्छ ,बरु यहाँ को जुनसुकै नदि होस्,या डाडा पाखा या त कुनै स्थान ती सब सास्कृतिकहिसाब ले, ऐतिहासिक हिसाब ले, सभ्यता को हिसाबले“किरात क्षेत्र/प्रदेश/” भित्र पर्छ , त्यसैले यो प्रदेश लाई “किरात प्रदेश “ नाम नराखी अन्य कुनै नाम दिनु भनेको नागरिकता मा बाबु,बाजे को नाम मेटाउनु जस्तै हो,ईतिहास प्रतिको गद्दारी हो, सस्कृति प्रतिको तिरस्कार हो सभ्यता प्रतिको अपहेलना हो | तसर्थअन्त मा हरेक कोण बाट हेर्दा, यहाको ईतिहास,सस्कार,सभ्यता,रहनसहन, सबैलाई बुझ्दा यहाँ को ढुंगा-माटो पनि बोल्छ यो “किरात प्रदेश” हो|

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *