
२० फागुन, काठमाडौं । संसद सचिवालयले संघीय संसदमा प्रतिनिधित्व गर्ने ५ राष्ट्रिय दलहरुसँग संयुक्त छलफल गर्दैछ । छलफल अहिले १० बजे देखि चलिरहेको छ ।
प्रतिनिधिसभा निर्वाचनबाट नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन् ।
संसदको कार्यसञ्चालन नियमावली नबनुन्जेलका लागि अन्तरिम कार्यविधिको मस्यौदाबारे र बैठकको कार्यसूचीबारे जानकारी दिनका लागि पाँच दलको बैठक बोलाइएको हो।
बैठकमा प्रतिनिधिसभाको सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष चयनबारे पनि छलफल हुने बताइएको छ ।
फोटो अन्लाइन खबर बाट
Facebook Comments