
कैलाली-१ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा व्यवस्थापिका-सांसद रेशमलाल चौधरी पुर्पक्षी थुनामा कैलालीको धनगढी कारागारमा छन् । प्रतिनिधिसभा व्यवस्थापिक-सांसदहरूको सपथग्रहण आज ४ः०० बजे र राष्ट्रिय सभा सांसदहरूको ५ः०० समय निर्धारण गरिएकोमा ४५ मिनेट पछाडि सांसदहरूले सपथ लिएका छन् । जनताको अमूल्य मतबाट निर्वाचित व्यवस्थापिका-सांसद रेशमलाल चौधरीलाई भने सरकारले सपथग्रहणको वातावरण नमिलाएकोले चौधरीले कारागारमा नै ४ः०० बजेदेखि अनसन शुरु गरेका छन् ।
टिकापुर घट्नाको आरोपमा पुर्पक्षी थुनामा रहेका २१ जना थारु नेताहरू समेत अनसनमा बसेर साथ दिने समेत जानकारी प्राप्त भएको छ । नेपाल प्रहरीको पक्राउको सूचीमा रहेका सांसद नवराज सिलवाल भने खुलेआम संसद भवन आवज जावत गरिरहेका छन् । यता राजपा नेपाल ले चौधरी को बारेमा केहि पनि बोलेका छैनन् ।
Facebook Comments