
२० फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्यहरुले सपथ लिएका छन् । संसद भवनमा आयोजित कार्यक्रममा महेन्द्र राय यादव अनुपस्थित भएपछी जेष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुले सपथ दिलाएका हुन् ।
सपथ ग्रहणमा चार सांसद अनुपस्थित रहेका थिए । अनुपस्थित हुनेहरुमा टोपबहादुर रायमाझी र धर्मशिला चापागाईँका साथै रेशम चौधरी र महेन्द्र राय यादव छन् ।
त्यसअघि ठाकुरले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष सपथ लिएका थिए ।
फोटो रातोपाटि
Facebook Comments