Loading...
५ बर्ष मधेस आन्दोलनबाट उठेका मांगहरुका लागि संघर्ष जारी रहन्छ – प्रदिप यादव
अनिल तिवारी
वीरगन्ज,फागुन २०

सांसदहरुको शपथग्रहण कार्यक्रममा सबैको आकर्षणका केन्द्र बनेका थिए सांसद प्रदिप यादव । मधेसको पहिरणमा सजिएर संघीय संसद भवन प्रवेश गरेपछि अधिकांस व्यक्तिहरुको आकर्षणको केन्द्र बिन्दु उन ी बनेका थिए ।जनताको जनमतबाट निर्माण भएको गणतान्त्रिक सविधान पछि सम्पन्न भएको पहिलो संघीय ससद भावनमा आइतवार दिउसो  सांसदहरुको शपथ कार्यक्रम समपन्न भएको छ ।  पर्सा क्षेत्र नम्बर १का सांसद प्रदिप यादव मधेसकै पहिरणमा मातृभाषा भोजपुरीमा नै शपथ लिएका छन् । ठुलो दलबलका साथ पार्टी कार्यालयबाट धोती ,कुर्ता र मधेसी पगरी सहितको पहिरणमा संसद भवन प्रवेश गरेका सांसद यादवले मातृ भाषा भोजपुरीमा शपथ लिएका छन् ।

प्रतिनिधि र राष्ट्रिय सभाका सांसदले नेपाली सहित  ८ भाषामा सपथ लिएका थिए । संघीय समाजवादी फोरम नेपालबाट चुनाव जितेका सांसद प्रदिप यादवले संसद सचिवालयमा मातृभाषा भोजपुरीमा शपथ लिने निवेदननै  दर्ता गराएर शपथ लिएका छन् । उनले भने ‘जिल्ला र क्षेत्रका सबै जनताले सहजरुपमा  बुझनको लागीनै नेपाली र हिन्दी भान्दापनि मातृभाषा भोजपुरीमा आफुले लिएको शपथ  हु, बर्षौ देखि पछिपारीएको  मधेस पहिचानकै लागी दुइ पटक आन्दोलीत भयो ।’भाषा,संस्कृती र पहिचानको लागीनै मधेसमा आन्दोलन भएकोेले  आफु मधेसकै पहिरणमा  भोजपुरीमा शपथ लिएका उनको भनाइ थियो  । अबको ५ बर्ष मधेस आन्दोलनबाट उठेका मांगहरुलाइ पुरा गराउनुको साथै विकासको लागी पनि संघीय ससंदमा आफु अनवरत संघर्षरत रहने  सांसद यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *