Loading...
गृहमन्त्री राम बहादुर थापाले गरे जबर्दस्त निर्णय, कालापानीमा सुरक्षाकर्मी राखिने तयारी

काठमाडौं । गृहमन्त्री राम बहादुर थापाले दार्चुलाको कालापानीमा सुरक्षाकर्मी राखिने बताएका छन् । कालापानीमा सुरक्षाकर्मी तैनाथ गर्न माग गर्दै ग्रेटर राष्ट्रवादी मोर्चा नेपालले बुझाएको ज्ञापनपत्रप्रति सकारात्मक हुँदै गृहमन्त्री थापाले चाँडै नै कालापानीमा सुरक्षाकर्मी तैनाथ गरिने बताएका हुन् । सुगौली सन्धि भएको २०२ वर्ष पुगेको अवसरमा मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल नेतृत्वको टोलीले आइतबार तीन सुत्रिय माग राख्दै ज्ञापनपत्र बुझाएको थियो ।
ग्रेटर राष्ट्रवादी मोर्चा नेपालका अध्यक्ष फणिन्द्र नेपाल गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदैग्रेटर नेपालले सुगौली सन्धिमा गुमेर फिर्ता हुन बाँकी ६० हजार वर्ग किलोमिटर जमिन फिर्तालिन कदम चाल्नु पर्ने, हालै दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर १ र २ मा महाकाली नदी सिमानामा निर्माण गरिएका चार वटा काठे पुल, १५० मिटर सडक ट्रयाक र २ किलोमिटर पैदल

मार्ग निर्माण गरेर नेपालको सार्वभौमसत्ता माथि आघात पुर्‍याएको हुँदा कालापानी क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गर्नुपर्ने लगायतका माग गरेको छ।ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले ग्रेटर नेपालले उठाएका मुद्दा सबैका साझा समस्या भएकाले समाधानका लागि मन्त्रालयले विशेष ध्यानदिने बताएका हुन् । उनले छिट्टै उक्त क्षेत्रमा सशस्त्र प्रहरी बल तैनाथ गरिने बताए ।

स्रोत:सुधुरसमचार

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *