Loading...
देउवा संसदीय दलको नेतामा निर्वाचित, बैठकको मिति तोकियो, कति मत पाए देउवाले ?

नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवा ४४ मत पाएर निर्वाचित भएका हुन् । कुल ६३ मत मध्ये देउवाले ४४ मत ल्याएका छन् भने संसदीय दल का अर्का दाबेदार सिंहले १९ मत मात्र प्राप्त गरेका थिए । देउवालाई सर्वसम्मत हुन नदिन सिंहको उम्मेदवारी परेको थियो ।

नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधरले सिंहलाई उम्मेदवार बनाएका थिए । सभापति देउवाको कारण स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले लज्जास्पद पराजय भोग्नु परेकोले संसदीय दलको नेता अरुलाई नै बनाउनु पर्ने पौडेल र सिटौला पक्षधरले बताउँदै आएका थिए । यसैबीच संसदीय दलको बैठक पनि तय भएको छ भने बैठक सोमबार दिउँसो २ः३० बजे काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने कार्यक्रम रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *