
नरेन्द्र साह,रौतहट, २१ फागुन । रौतहटको सदरमुकाम गौरमा सोमबार बेलुकी भारतिय ट्रकको ठक्करबाट एक जनाको युवाको मृत्यु भएको छ । भारतको बैरगनियाबाट गौर भन्सार हुदैं नेपाल भित्रिन लागेको डब्लु बि २३ सि ६१८६ नंबरको मालबाहक ट्रकले ठक्कर दिदा घटना स्थलमै युवाको मृत्यु भएको हो । मृत्यु भएका युवोको पहिचान भन्ने समाचार तयार पार्दा सम्म हुन नसकेको प्रहरीले जनाएको छ ।
Facebook Comments