Loading...
“च्योमोलुङमा किरात प्रदेश” को लागि मुख्यमन्त्री शेरधन राइलाइ आयो खुल्ला पत्र 

सम्मानिय मुख्यमन्त्री शेरधन राइ ज्यु,
“च्योमोलोङमा किरात प्रदेश” (1 नम्बर प्रदेश )

सर्बप्रथम मुख्यमन्त्री पदमा चयन हुनु भएकोमा प्रबासी भुमीबाट हार्दिक बधाई तथा शुभकामना साथै यो खुल्ला पत्रलाइ स्वीकार गरि दिन हुनको लागी विनम्र अनुरोध पनि गर्दछु । केहि बर्षअगाडी मात्र नेपालमा गणतन्त्र स्थापना हुनु बयल गाढामा अमेरिका जानु जस्तै हो भनेर उखान टुक्काले छेड हान्ने तपाइकै नेता अहिले संघीय गणतन्त्रत्मक नेपालको प्रधानमन्त्री पदमा रहेर देशको बागडोर सम्हालिरहेको अबस्था छ ।बिगात देखी हाल सम्म पटक पटक सरकारमा रहेर पनि तपाईंको पार्टीले सस्तो लोकप्रियताको केहि काम बाहेक जनताले महसुस गर्न सक्ने कुनै ऐतिहासिक काम गरेको छैन बरु यस पटक पनि हावा बाट बिजुलि निकाल्ने , घर घरमा ग्यास पाइप जोड्ने , पानीजहाज कुदाउने जस्ता ललिपप देखी अनेकन मौसमी रास्ट्रबादी बक्तब्यबाजी गर्दै मतादाताको ब्रेनवास गरेर पहिलो पार्टी हुन सफल भइ यसै पृष्ठभुमिबाटै तपाई पनि मुख्यमन्त्री बन्नु भएको कुरालाइ सचेत नेपाली नागरिकहरुले प्रष्ट बुझेका छ्न तथापि देश अहिले संघीयता कार्यनयनको पर्कृयामा गै रहेको परिप्रेक्ष संगै तत्कालीन अबस्थामा पहिचानबादिहरु र विभिन्न शक्तिकेन्द्रहरुको रस्साकस्सीको बबजुद पनि निस्कर्शमा पुग्नु नसकेको प्रदेश नामांकरणको विषय तपाईंको लागी चुनौतीपुर्ण बन्ने निश्चितै देखिन्छ भने अर्कोतिर तपाईं आदिवासी किराती युवा हुनुको नाताले आदिम किरातहरु, बिश्वबिख्यात शेर्पा समुदाय र लिन्बुवान लगायत अन्य विभिन्न जात जातिहरुको मुल थलोको नामांकरणको निर्णयक भुमिकामा रहन पाउनु तपाईंको लागी सौभाग्य पनि हो ।प्रदेश 1 को भौगोलिकता को कुरा गर्ने हो भने त्यहाँ बासोबास गर्न शेर्पा समुदाय लगायत सम्पुर्ण बौद्ध धर्मावलम्बीहरु र सबैले च्योमोलोङमा (Mt.Everst ) भनेर पुज्ने प्रस्तावित “शेर्पा स्वयत्त प्रदेस” अन्तर्गत बिश्वकै उच्च शिखर देखी अदिम किरातहरु र लिम्बुवानको ऐतिहासिक पृष्ठभुमिको बारेमा सबैलाइ सर्बविदित भएकै कुरा हो। यस विषयमा बिस्तृत रुपमा भनी रहन नपर्ला ! यसो भनी रहदा यहाँ पहिचानलाइ गलत अर्थ लगाउने पहिचान बिरोधिहरु र भिजिलन्ते , अराजक तत्वहरुले बिरोध गर्नु स्वभाविक छ । सच्चिकै त्यहा बस्ने जनताहरुको धर्म,भाषा, कला सस्कृती, बाहुल्यता, मौलिकता, भौगोलिकता, ऐतिहासिक पृष्ठभुमि, मर्म ,आवज र मागलाइ सूक्ष्म अध्यन गर्दा 1 नम्बर प्रदेशको नाम “चोमोलोङमा किराँत प्रदेस” उपयुुक्त हुने देखिन्छ र “चोमोलोङमा किराँत प्रदेश” संगै पुर्बमा लिम्बुवानको ऐतिहासिक पृष्ठभुमिको कदर गर्दै छुट्टै “लिम्बुवान प्रदेश”को स्थापना हुनु पर्छ भन्नेर जोडदार माग पनि गर्न चहान्छौ । बिगतमा निरङ्कुस शासकहरुले एकात्मक पुरातनवादी राज्य ब्यबस्था अनुरुप लागु गरेका सगरमाथा अञ्चलकै नयाँ रुप जस्तो हुने गरि राखिने सगरमाथा प्रदेश जस्ता नामहरु 1 नम्बर प्रदेशका लगि किमार्थ स्वीकार्य हुने छैन यदि यस्तो भयो भने यो घातक साबित हुने निश्चितै छ ! मुख्यमन्त्री ज्यु, युगमा करिबकरिब एक पटक मात्रै आउने यो निर्णयक विषयलाइ कुनै ब्यक्ति विशेष, नेता विशेषको राजनीतिक दबाब वा कुनै शक्ति केन्द्र र नाम मात्रको कम्युनिस्ट भनिने पुजिपती, द्लाल, नोकरशाही समुहको दबाब र प्रलोभनमा परेरा एकांकी ढंगबाट न्याय प्रेमी जनताहरुको आवाज मर्म र मागलाइ बेवास्ता गर्नु भो भने इतिहासमा तपाईंको नाम कालो अक्षरले लेखिने निश्चित छ । त्यस उप्रान्त तपाइँले आफ्नो नामको पछाडी राइ भनेर लेख्न, सेतो फेटा लागएर साकेलामा ढोला बजाउन , लोसार, उधौली, उभौली लगायतका पर्बहरुमा आतिथ्य ग्रहण गर्न नैतिकताले दिने छैन । पुनः उल्लेखित सम्पुर्ण विषयलाइ चिन्तन मननका साथ सार्थक परिणामका लागि कुनै पनि मुल्य चुकाउन अनुरोध गर्दै यो खुल्ला पत्रलाइ यहि बिट मार्न चहान्छु !
शुभचिन्तक
युगेल तेन्डुप शेर्पा ( Yugel Tendup Sherpa )
सचिब – आदिबासी जनजाती महासंघ
दक्षिण कोरिया ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *