
नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य किरणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीसंग पार्टी एकता गरी दोस्रो जनयुद्ध गर्ने चेतावनी दिएका छन्। जनयुद्धले जन्माएको नायक खलनायक भएपछि वेपत्ता परिवार र घाइते परिवारको मुद्धालाई हेर्ने अभिभारा अब आफ्नो काँधमा आएको बताए। प्रचण्डजी एक्लैले कोहि गर्न नसक्ने भएकोले कहिले काँग्रेस संग मिल्ने त कहिले एमाले संग मिलेर आफ्नो स्वार्थ मात्र पूरा गर्न लागी परे।संसद भनेको खशीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो भन्ने प्रचण्डजी यतिखेर त्यसैमा रमाइरहनु भएको छ। अब गर्ने जनयुद्धमा रक्तक्रान्ती नहुने बताउदै लाखौं जनता लाई गोलबन्द गरि आन्दोलनको शुरूआत गर्ने बताए।प्रचण्डजीले दशवर्षे जनयुद्धमा होमिएका जनता र शहीद परिवार लाई धोका दिएको आक्रोश पोखे किरणले।
Facebook Comments