
काठमाडौं, फागुन २२ । शैक्षिक प्रमाणपत्र र सेवा आवेदनमा फरक जन्ममिति प्रयोग गरी सरकारी लाभको पदमा बसेको भन्दै डा. गोविन्द केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
युवा संघ नेपालको केन्द्रीय विभागका सचिव विपिन ढकालले डा. केसीविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।
सो उजुरीमा ढकालले डा. केसीविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन पनि माग गरेका छन् । अख्तियार स्रोतले पनि उजुरीमा माग गरिए अनुसार छानबिन प्रक्रिया अघि बढाइसकेको जनाएको छ, नयाँ पत्रिकामा खबर छ ।
Facebook Comments