Loading...
अनशनबाट माग पूरा नभए जेल भित्र मर्न तयार रहेको सांसद रेशम चौधरीको चेतावनी

फागुन २२, काठमाडौं । टीकापुर घटनाका आरोपित रेशम चौधरीलगायतको आमरण अनशन आज पनि जारी रहेको छ ।अनशन मा २२ जना थारु नेताहरुले तीन बुँदे माग राख्दै आइतवार साँझदेखि आमरण अनशन थालेका थिए । माग पूरा नभएसम्म आफुहरुको अनशन जारी रहने उनीहरुको भनाइ रहेको छ ।

फागुन २० गते सांसद चौधरीलाई शपथ ग्रहणमा सहभागी नगराएपछि थुनुवाहरु जेलभित्रै असशनमा बसेका हुन् ।

सांसद रेशम चौधरीले आफुलाई विभिन्न किसिमको यातना दिदै आएको बताएका छन् । ‘राती सुतेपछि वाहिरबाट ढोका बन्द गरिदिने, कडा निगरानीमा राख्ने, भेटघाटमा कडाई गर्ने काम भैरहेको छ,’ उनले भने, ‘वास्तवमा राज्यले हामीलाई हदैसम्मको कानूनी विभेद गरिरहेको छ । तर हामीलाई गरिने व्यवहार फरक छ । सांसद रेशम चौधरीले अनशन बाट माग पूरा नभए आफू हरु तुना भित्र मर्ने चेतावनी समेत दिएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *