Loading...
सन्दर्भ नेपालकाे राष्ट्पति काे हाेला भन्ने हाे ?

पार्वती थापा मगर

संसारका मानिस स्वार्थी प्राणी मध्यकाे एक हाे तर सबै एउटै प्रवृतीका हुन्छन् भन्ने छैन । मैले मेराे यूवा जाेश जांगर सबै खर्चेर नेपाल प्रहरी सेवामा समर्पित भएर तीस वर्ष काम गर्दा जहिले पनि कामलार्इ प्रार्थमिकता दिने क्रम मा पांच वर्षकाे बच्चालार्इ पुलीस वाेडिड०्ग सांगामा राखेर काम गरे , त्यहि लगनशिलता र तपस्याले गर्दा नै नेपाल प्रहरीकाे डि अार्इ जी सम्म पुगे । म भन्दा पहिला काेहि पनि महिला डी अार्इ जीकाे पद सम्म पुगेकाे थिएनन् । तीस बर्ष सेवा अवधी पुग्न दुर्इ महिना बाकि थियाे , अार्इ जी पी हुने माैका त दिएनन् दिएनन् तर सातवटा सिट ए अार्इ जी पि काे खाली नै राखेर मलार्इ रिटायर्ट गराए ए अार्इ जी पनि दिएनन् खिले रेग्मी र माधव घिमिरे (जाे त्रिशुली नदीमा दुर्इ भार्इ हरू सहित लिएर पसेका छन् ) ले तात्कालीन अवस्थामा पकेटकाे पद बनाएका थिए । दुर्इ महिनाकाे लागी अार्इ जी पी बने पछि ससम्मान् घर जाने मैले मानसिकता बनार्इ सकेकाे थिए । किसानकाे छाेरी हूं संगै पढेका साथीहरूलार्इ उनीहरूका अविभावकहरूले छाेरीलार्इ धेरै पढाएर के गर्ने भनेर उनीहरूलार्इ १४ ।१५ बर्ष मै विवाह गरीदिए पछि अहिले सम्म उनीहरूले वन पाखामा घांस दाउराकाे भारीलार्इ छाेड्न सकेका छैनन् । तसर्थ डी अार्इ जी पद पनि मेराे लागि ठूलाे प्राप्ति हाे । म न्यायकाे अनूयायी , न्याय संगत अधिकार प्राप्ती मात्र मेराे लक्ष्य थियाे । दुर्इ महिना अार्इ जी पी भए पछि छाेड्दैन भन्ने अाशंकाले न्वारनदेखिकाे बल देखाएर मभन्दा एघार महिना जुनियर डी अाइ जी उपेन्द्रकान्त अर्यालले अनेक टिकडम गरेर मेराे दुर्इ महिने अाइ जी पि पद हडपेर अाफ्नाे भागमा ल्पस गरेर ठूलै पुरूषार्थ देखाए । तर म त्यति स्वार्थी छैन म अाफ्नाे भाग खाएर अरूकाे भाग हडप्नलार्इ अरू अवधि अाफ्नाे बढाउनलार्इ अरूलार्इ अन्याय गरेर अनावश्यक विवादमा फस्ने मेराे चाहाना पनि थिएन र म बाट कदापी त्यस्ताे हुदैन्थ्याे । सवैलार्इ एउटै टाेकरीमा हालेर एउटै चश्माले हेर्ने प्रवृती कहिले सम्म हावी भइ रहने हाे भन्ने साेचनिय बिषय हाे ।

यसै सन्दर्भमा राष्ट्रपति पदकाे प्रसंग जाेड्न चाहान्छु ।
हाम्राे जस्ताे थाेरै मात्र अवसर भएकाे देशमा एक जनाले कुनै एउटा उच्च तहमा एक पटक अासन्न हुने अवसर प्राप्त गर्नु भनेकाे ठूलै उपलब्धि मान्नु पर्दछ । तर त्यहि पदमा लिसाे जस्ताे भएर टासिएर बस्ने कुर्सी माेह साह्रै ठूलाे सरूवा राेग जस्ताे भएर देखिएकाे छ । गिरीजाले पार्टिकाे सभापति पद अार्यघाट सम्मै लगे झै अरू पनि त्यहि पदचाप पछ्याउदै छन् । कुनै पनि पद तपार्इलार्इ अावश्यक हाेइन कि त्याे पदभारले तपाइलाइ पछ्याउने स्थितीकाे सृजना तपाइ त्याे पदभार बाेकेर बस्दाकाे काम कारवाही र परिवर्तनले गर्न सक्नुपर्दछ । कुनै पनि पदमा रहेर फरक ढंगले काम गरेर उदाहरणिय बनेका व्यक्तित्वहरू जस्तै गाेकर्ण विष्ट, लालबावु पण्डित, गगन थापा, जनार्दन शर्मा र कर्मचारी कूलमान घिसिड० जस्ता व्यक्तिहरूलार्इ त्यस्ता पदहरू अााफै पछ्याइ रहेका हुन्छन् । तपाइबाट जनताले अझ बढि सुधारकाे अपेक्षा राखेकाे र तपाइकाे अभाव खड्किएकाे हुनुपर्दछ त्यस्तापदहरूप्रति अरू भागीदार हुनलाइ । त्यस्ता कुर्सीहरूलाइ जागीर खाने र एेशअारामकाे कुर्सी बनाइनु हूदैन । ससम्मान निस्वार्थ ढंगले अरू साथीहरूलाइ अाफ्नाे कुर्सी छाेडिदिदा तपाइ प्रतिकाे सम्मान झन बढ्दछ । तर यहां यस्ताे विडम्वना छ , बलवुताले भ्याए सम्म अनेक टिकडम अप्नाएर पदलिप्त भइ रहने कुरीकुरी पनि नमानेर ।
यस्तै परिस्थिती नजिक बाट नियाल्दै लेखे हाेलान् एक महान कविले मै खाउ मै लाउ सुख सयल मै गरूं मै हांसु मै बाचुं अरू सब मरून दुर्वल हरू भन्ने कविताका हरफहरू सार्थक बनाउन खाेजे झैं हालका नेपालका सम्माननिय राष्ट्पति विधादेवी भणडारीले पुन साेही पद दाेहाेर्याउन खाेज्नु भनेकाे अलि स्वार्थीपना जस्ताे देखिएन र ? उहा भन्दा अगाडी देखि पार्टीलार्इ बढि याेगदान दिएका ,जेल नेल खाएका र याेग्य व्यक्तीहरूकाे तांती पनि लामै हाेला नी । याे जीवनमा यति ठुलाे उपलब्धी प्राप्ति हाे, राष्ट्रपति पदमा विराजमान हुन पाउनु पनि । यति कैमा सन्तुष्ट हुदा राम्राे हुन्छ हाेला भण्डारी म्याडम ।हाेइन भने अन्य तपाइ जस्तै हजाराै शहिदका परिवारकाे अाशूकाे श्राप लाग्ला चेतना भया ।

अाेली सरबाट पनि यस्ता कुरामा विवेकशिल भएर अाफ्नाे इतिहास सुनाैला अक्षरले लेख्ने काम भएमा छवि अझ राम्राे हुनेमा दुइ मत छ र ?

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *