Loading...
आफ्नै गल्तीमा फस्दै प्रधानमन्त्री, ओलीविरुद्ध सर्वोच्चमा रिट दायर, नियुक्ति वदरको माग

काठमाडौं, फागुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । संसदको सपथ नै नखाइकन प्रधामन्त्रीको सपथ गरेको भन्दै उनीविरुद्ध कानुन व्यवसायी यज्ञमणि न्यौपानेले आज सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । अधिवक्ता न्यौपानेले दायर गरेको रिटमा संसदको सपथ नगरेसम्म प्रधनमन्त्री हुन नपाउने व्यवस्था रहेको जिकिर गरेका छन् । प्रधानमन्त्री ओलीको सपथ संविधानको धारा ९३, ७६ ९२० र ८८ विपरीत भएको भन्दै नियुक्ति वदर गरी पुनः प्रक्रियामा लगि प्रधानमन्त्रीको निर्वाचन गराउन रिटमा माग गरिएको छ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *