Loading...
कबिता : महिला भन्दा पनि अचेल, धेरै पुरुष पिडित हुदैछन्, अब पुरुष दिवस पनि मनाउनु पर्छ

भोलिको लागि लेखिएको रचना अाजै पोष्ट गरे। कबिता—-अब पुरुष दिवस पनि मनाउनु पर्छ

महिला भन्दा पनि अचेल ,धेरै पुरुष पिडित हुदैछन्।
खुसी सपना सम्पत्ति ,महिलाबाटै लुटिएर रुदैछन्।।
महिला मात्रै होइन पुरुष दिवस पनि मनाउनु पर्छ
अधिकार भन्ने कुरा अब सबैक‍ो हकमा बनाउनु पर्छ।।

पतीको पसिना लटपटाएर,महिलाले नै भाग्छन् भने।
जिन्दगीनै भताभुङ्ग पार्दिएर,अर्कै बाटो लाग्छन् भने।
कसको हकमा बोल्ने अनि कसलाई न्याय दिने अब।
पिढा दिने महिला अनि ,पिडीत पुरुष हुन्छन् जब।।

महिला पुरुष दुबैले अा-अाफ्नो कर्तव्य भुल्नु हुदैन ।
एउटाको जिन्दगी उजाड पारेर अर्कोले फुल्नु हुदैन ।
एक दिन होइन ३६५दिन नै दुबै दिवस मनाउनु पर्छ।
अधिकार र कर्तव्य दुबैलाई बराबर नै बनाउनु पर्छ।।

रज्जु बिडारी “काली”
धार्के,धादिङ्ग।।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *