
किरात राई यायोक्खाले १ नं प्रदेशलाई इतिहास , पहिचान र सभ्यताको आधारमा किरात प्रदेश नामांकन गराउनको लागि दबाबमुलक अभियानको सुरुवात गरेको छ । आन्तरिक राष्ट्रियता मजबुत बनाइ सम्पुर्ण नेपालीले अपनत्वको महसुस गर्दै देसको आर्थिक समृद्धि र बिकासको मुल प्रबाहमा सहभागी गराउनको लागि एक नं प्रदेशका जनताको भावना अनुसार किरात प्रदेस नामाङकन गराउनको लागि सरोकारवालाहरूमा दबाब सृजना गर्ने उद्देश्यले यायोक्खाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” लाई पार्टी कार्यलय पेरिसडाँडामा भेटी ज्ञापनपत्र बुझाएको छ ! ज्ञापनपत्र बुझ्दै प्रचण्डले भने ” एक नं प्रदेशको सबैभन्दा उत्तम नाम किरात हुने र त्यसले सबैलाई समेटने भन्दै आफ्नो पार्टी जहिले पनि एक नं प्रदेश लाई किरात प्रदेश नामांकन गर्न गराउनको लागि तयार रहेको मात्र होइन किरात प्रदेश नामांकनको लागि आफ्नो ठाउँबाट पहलकदमी जारी राख्ने बताएका थिए !
ज्ञापनपत्र बुझाउनको लागि कावा अध्यक्ष दिवस राइको नेतृत्वमा गएको टोलिमा एक नं प्रदेसका सांसद रामकुमार राई , पुर्व सभासद डा. इन्द्रजित राई , सल्लाहकारहरू दुर्गा राई , मनिकुमार राई , हरि के साम्पाङ राई लगायत यायोक्खाका पदाधिकारी सदश्यहरू, मातहत जिल्ला तथा भात्री सस्थाका पदाधिकारी सदश्य लगायतको ठूलो सहभागिता रहेको थियो । ज्ञापनपत्र बुझाउने क्रममा महासचिव जीवन हाताचो राइले पत्र बाचन गरेका थिए भने कावा अध्यक्ष दिवस राइले किरात प्रदेस नामांकनको औचित्यताको बारेमा भनाइ राखेका थिए !
किरात प्रदेश नामांकन अभियानको क्रममा राष्ट्रिय पार्टीका प्रमुख र एक नं प्रदेसका सम्पुर्ण साम्सदलाइ ज्ञापनपत्र बुझाइने छ भने २५ लाख जनाको हस्ताक्षर अभियान सन्चालन गरि एक नं प्रदेस सभाको सभामुखलाई बुझाइने छ !
कृष्ण चाम्लिङ्ग राइको फेसबुक वालबाट
Facebook Comments