Loading...
२५७ को मृत्यु हुनेगरि बिष्फोट गराउने दाउद इब्राहिका निकट सहयोगी टकला दुबईमा पक्राउ,

२४ फागुन, काठमाडौं । भारतीय अन्डरवर्ल्डका डन दाउद इब्राहिका निकट सहयोगी फारुक टकला दुबईमा पक्राउ परेका छन् ।
सन् १९९३ को मार्च महिनामा मुम्बईमा भएको श्रृङ्खलाबद्ध १२ बम विष्फोटको घटनामा उनी संलग्न भएको खुलाशा भएको थियो । उनी २५ वर्षपछि पक्राउ गरेका हुन् ।
टकलालाई आजै विशेष टाडा अदालतमा उपस्थित गराउने तयारी गरिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
विष्फोटमा २ सय ५७ जनाको मृत्यु भएको थियो भने ७ सय जनाभन्दा बढी घाइते भएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *