
२४ फागुन – रेशम चौधरीको रिहाईको माग गर्दै दाङको तुल्सिपुरमा मसाल जुलुस् निकालिएको छ। बुधबार साँझ थारु युवाहरुले मसाल जुलुस प्रदर्शन गर्दै कैलाली करागारमा रहेका रेशम चौधरीसहित टीकापुर घटनामा पक्राउ परेका कैदीहरुलाई तत्काल रिहाई गर्न जोडदार गरेका छन्।
प्रदर्शनकारीहरुले रेशम चौधरीलगायत थारु कैदीहरुको रिहाई नगरे आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्।
Facebook Comments