Loading...
नेकपा एमाले–माओवादीबीच हुने एकताको मिति घोषणा,  कुन दिन हुने भयो पार्टी एकता ?

एकता प्रक्रियामा रहेका एमाले–माओवादीबीच ९ वैशाखमा पार्टी एकता हुने समाचार आजको नया पत्रिकाले छापेको छ । आगामी ९ वैशाख पार्टी एकता घोषणा गर्नेगरी तयारी भैरहेको छ । एकीकृत पार्टीको अन्तरिम विधान र संगठनसम्बन्धी गृहकार्यका लागि गठित कार्यदलमा नेताहरुबीच कम्युनिस्ट पार्टी स्थापनाकै दिन एकता घोषणा गर्ने समझदारी भएको हो ।

बुधबार बसेको अन्तरिम विधान तथा संगठनसम्बन्धी कार्यदलको बैठकले दुवै पार्टीका अध्क्ष केपी ओली र प्रचण्डलाई ब्रिफिङ गर्ने निर्णय गरेको आजको नया पत्रिकामा उल्लेख छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *