Loading...
रौतहटमा माधव नेपाललाई ६५ किलोको मालाले भयो भब्य स्वागत

रौतहट फागुन २५, रौतहटमा पूर्व प्रधानमन्त्री तथा एमाले बरिष्ट नेता माधवकुमार नेपाललाई ६५ किलोको माला लगाएर स्वागत गरिएको छ । रौतहटको देवाही गोनाही नपा धरहरीस्थित ग्याँस तथा सिलिन्डर चुल्हो बितरण समारोहमा नेता नेपाललाई जयकिशान माविले ६५ किलोको माला लगाएर स्वागत गरेको हो । यसअघि एमाले शीर्ष नेता नेता जानै नसक्ने मधेसका जिल्लामा निर्वाचनपछि भने माहोल फेरिएको स्थानीयले बताएका छन् ।सो अवसर मा २०० जना स्थानीयलाई ग्याँस तथा चुल्हो बितरण गरिएको हो । कार्यक्रममा नेता नेपालले आधुनिक युगमा दाउराको प्रयोग मानव स्वास्थका लागि हानिकारक रहेको बताए । जिल्लाको विकासका लागि आफू सदैव तत्पर रहने भन्दै नेता नेपालले सक्दो प्रयास गर्ने आश्वसन पनि दिए । कार्यक्रममा सांसद प्रभु साहले निर्वाचन पहिले आफुले जारी गरेको घोषणापत्र अनुसार ग्याँस वितरण गरिएको बताए ।रौतहट क्षेत्र नं ३ लाई धुवारहित क्षेत्र बनाउने प्रतिबद्धता साहले गरे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *