Loading...
राजपाका लापरवाहीले नाजुक अबस्थामा रहेको रेशम चौधरीको अनशन टुटेन, सेन्ट्रल जेल ल्याइँदै,

२६ फागुन, धनगढी । जेलभित्रै आमरण अनसनमा बसेका रेमश चौधरीले उपचार गर्न नमानेपछि काठमाडौंस्थित पठाएको छ ।
चौधरीको स्वास्थ्यमा गम्भिर समस्या देखिएको पछि अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सजन केसीले उपचारका लागि काठमाडौं रिफर गरिएको बताएका छन् ।
कारागार प्रशासनले चौधरीलाई शुक्रबार दिउँसो सेती अञ्चल अस्पताल पुर्‍याएको थियो तर, उपचार गर्न मानेनन् । शनिबार बिहान अनसन टुटाउने प्रयास भएको थियो । तर, राष्ट्रिय जनता पार्टीको निर्णय नआउँदा अनशन टुटाउन सम्भव भएन ।
आज दिउसो ३ बजेतिर चौधरीलाई फेरि सेती अञ्चल अस्पताल पुर्‍याइएको थियो । उनको रक्तचाप निकै घटेको पाइएपछि चिकित्सकले उनलाई रिफर गरेका छन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले चौधरीलाई हवाइजहाजमा काठमाण्डौ पठाउने तयारी भएको बताए । उनले भने ‘हामीले केन्द्रीय कारागारमा पठाउने हो, उपचार उतैबाट होला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *