Loading...
भ्रूण हत्या र निजि क्षेत्रमा काम गर्ने डाक्टरलाइ मन्त्रि लालबाबु पण्डितले दिए यस्तो चेतावनी

काठमाडाँै, २७ फागुन – एउटै समयमा निजी क्षेत्र र सरकारी अस्पतालमा काम गर्ने चिकित्सकलाई कारवाहीको दायरामा ल्याउने जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले चेतावनी दिनुभएको छ ।

भ्रूणको लिंग पहिचान गरी गर्भपतनको अपराधलाई बढवा दिने चिकित्सा सेवाका विकृति अन्त्य गर्न चाँडै नै मन्त्रिणपरिषदमा प्रस्ताव प्रस्तुत गर्ने घोषणा समेत उहाँले गर्नुभएको छ ।

पण्डितले गर्भमा रहेको भ्रुणको लिंग पहिचान गरी गर्भपतन गर्ने डाक्टरलाई जेल हाल्नेबताउनु भएको छ । कार्यक्रममा मन्त्री पण्डितले भ्रुणको लिंग पहिचान गरी गर्भपतन गर्नु अपराध भएको बताउनु भयो ।

मातृशिशु समाज नेपालको दुइ दिवसीय एघारौ सम्मेलनको उद्घाटन गर्दै जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नेपालका सबै तह र तप्काका नागरिकले स्वदेश मै उपचार गर्ने प्रण गर्ने निजी क्षेत्रलाई निषेध होइन प्रवद्र्धन तथा देशलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सिा सेवाको केन्द्र विन्दुका रुपमा स्थापित गर्ने प्रस्ताव पेश गर्ने जानकारी दिनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *