Loading...
साबधान ! यस्तो संयन्त्र निर्माण, जसले गोप्य सूचना पुर्याउछ सीधै प्रधानमन्त्रीलाई

सरकारले समग्र गोप्य सूचना सीधै प्रधानमन्त्रीसमक्ष पुर्‍याउने गरी संयन्त्र निर्माण अघि बढाएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । प्रधानमन्त्री कार्यालय स्रोतलाई उद्धृत गर्दै लेखिएको समाचारअनुसार नेपालको भूराजनीतिलाई समेत ध्यान दिँदै ‘राष्ट्रिय सुरक्षा सल्लाहकार एकाइ’ तथा ‘स्वतन्त्र विज्ञ समूह’ राख्ने गरी गृहकार्य बढाइएको छ ।

‘शक्तिशाली प्रधानमन्त्री’ को अवधारणाअनुरूप यस्तो प्रयास भएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले बताएका छन् । शक्ति धेरैतिर छरिँदा निर्णय लिनै असहज हुने भन्दै प्रधानमन्त्री केपी ओलीले नै यस्तो अवधारणा अघि सारेका हुन् ।
प्रधानमन्त्री कार्यालय मातहतमा राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, गैसस/अन्तर्राष्ट्रिय गैसससम्बन्धी मापदण्ड निर्माण र अनुगमनलाई राखिएको पनि समाचारमा उल्लेख छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *