Loading...
यी तीन सांसद, जसले सांसद भएर पनि राष्ट्रपति चुनावमा भोट हाल्न पाउने छैन

राष्ट्रियसभा सदस्य पदमा बिहीबार मात्रै शपथ लिएका तीन जनाले राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाउने छैनन् । अदालती विवादका कारण बिहीबारमात्रै शपथ लिएका डा. युवराज खतिवडा, रामनारायण बिडारी र डा. विमला पौड्यालले राष्ट्रपति चुनावमा मतदान गर्न नपाउने निर्वाचन आयोगले जानकारी दिएको आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित भएको छ ।

मतदाता नामावली सम्बन्धी ऐनमा अन्तिम मतदाता नामावलीमा अब कुनै प्रकारबाट हेरफेर, थपघट गर्न वा सच्याउन सकिने छैन भनी स्पष्ट उल्लेख छ । फागुन २२ गते नै निर्वाचक मण्डलका सदस्यहरुको अन्तिम नामावली प्रकाशित भइसकेकाले अब मतदाता थप्न नसकिने आयोगको प्रवक्ता नवराज ढकालले गोरखापत्रलाई प्रतिक्रिया दिएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *