Loading...
काठमाडौँमा गोलि चल्यो, गुण्डा नाइके गणेश लामा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ

काठमाडौं । काठमाडौंको होटल पशुपति भिजनमा गोली चलेको छ । गौशाला स्थित उक्त होटेलमा गोलि चलेपछि पुगेको महानगरीय प्रहरी वृत, गौशालाको टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ । उनको साथबाट एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले बताउनु भएको छ ।
गोली कसैलार्इ नलागेपनि प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा लामाले आफूलाई दुई युवकले गोली प्रहार गरेर भागेको दाबी गरेका छन् । लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *