
काठमाण्डाैँ, चैत १ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बिस्तार भोलि शुक्रबार गर्ने भएका छन् । भोली मन्त्रिपरिषद विस्तार हुने पक्का जस्तै छ ।’
नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादीका तर्फवाट बर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र विना मगर मन्त्री बन्ने तय भएको छ । कञ्चनपुरबाट चुनाव जितेकी विना पहिलो पटक मन्त्री बन्न लागेकी हुन् ।
देवेन्द्र पौडेल र चन्द्रप्रकाश खनाल बलदेबको पनि मन्त्री बन्ने चर्चा छ ।
Facebook Comments