Loading...
बृद्धभत्ताको नामले चुनाब जितेका एमाले बृद्धभत्ता हटाउदै, कसैले सुको पनि नपाउने

काठमाडौं । सरकारले सामाजिक सुरक्षाको रूपमा बाँडिरहेको बृद्धभत्ता हटाउने तयारी गरेको छ । बृद्धभत्ताको नाममा ठुलो चलखेल, राजनीति र भ्रष्ट्राचार भएपछि सरकारले यसलाई हटाउने तयारी गरेको हो ।

बृद्धभत्ताको रूपमा जेष्ठ नागरिकहरूलाई दिँदै आएको भत्ता वैज्ञानिक र व्यावहारिक नभएको आवाज उठिरहेको बेला सरकारले यसलाई हटाउने तयारी गरेको हो । बृद्धभत्ताको कारणले राज्यको ठुलो धनराशि अनुत्पादक तरिकाले खेर जाने देखेर सरकारले हटाउन लागेको स्रोतको दावी छ ।

तत्कालीन मनमोहन अधिकारीले सरकारबाट सुरु भएको बृद्धभत्ता आज सम्म आउँदा धेरैले राजनीति गर्ने,सस्तो लोकप्रियता कमाउने भाँडो भएको र तल्लो तहमा यसैको नाममा भ्रष्टाचार मौलाएको निष्कर्ष निकाल्दै अर्थमन्त्रालयले यसलाई हटाउनको लागि सुझाव सङ्गकलन र फरक र प्रभावकारी तरिकाले कसरी ल्याउन सकिन्छ भनेर तयारी थालेको स्रोतले जानकारी दिएको छ ।

गाउँ गाउँमा भत्ताको नाममा हुने राजनीति,बेथिति र भ्रष्टाचारले गर्दा यसलाई हटाएर वैज्ञानिक र व्यावहारिक तरिकाले अन्य कुनै कार्यक्रममा वृद्ध वृद्धालाई समेट्ने सरकारको योजना रहेको अर्थमन्त्रालयको एक कर्मचारीले बताए । – हिमाल पोस्ट बाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *