Loading...
कुर्सीकालागि प्रचण्डले कुतर्क गरेर पूरै माओवादी शक्तिलाइ बाघबाट मुसा बनायो- डा बाबुराम

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले आफ्नो कुर्सीका निम्ति प्रचण्डले अनेक कुतर्क गरेर पूरै माओवादी शक्तिलाई ‘एमाले समुन्द्र’ मा होमेको आरोप लगाएका छन्।

नयाँशक्तिका नेता कार्यकर्ताहरुलाई शुक्रबार माओवादी केन्द्रमा स्वागत गर्नेक्रममा प्रचण्डले पुरानै पार्टीमा नफर्किए बाबुरामको कुनै राजनीतिक भविष्य नरहने र विभाजनप्रति पश्चाताप नगरे ‘माथि जाने बेला’ पोलेको पोल्यै हुनेपनि बताएका थिए।

पार्टीमा फर्कन प्रचण्डको आग्रह र नफर्के स्वर्ग जाने बेलापनि मन पोलिरहने प्रचण्डको चेतावनीपछि भट्टराईले सामाजिक सञ्जालमार्फत प्रचण्डलाई जवाफ फर्काएका हुन्।

प्रचण्डको कुरा सुन्दा आफूलाई स्कूलमा पढेको ‘पाइड पाइपर अफ हेमिलिन’ कविताको सम्झना भएको बताउँदै उनले प्रचण्डको अहिलेको गतिविधिलाई ‘मीठो मुरलीवादकले सहरका सबै मुसाहरुलाई समुन्द्र आफ्नो धुनको पछि लगाएर समुन्द्रमा होमेजस्तै हो’ भनेका छन्।

उनले अबका मुसाहरु लाटा नभएको भन्दै प्रचण्डको आग्रहलाई लत्याएका मात्र छैनन्, प्रचण्डप्रति व्यङ्ग्य समेत गर्न भ्याएका छन्। भट्टराई सामाजिक सञ्जालमा सक्रिय नेता हुन् ।

www.infokhabar.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *