Loading...
सरकारमा नजान राजपालाइ युवाहरुको चेतावनी, भने “बारम्बार मधेसीलाई धोका दिन पाइदैन

आज बिरगंज घन्टाघरमा “राष्ट्रिय जनता पार्टी नेपाल” आबद्ध राजपा नेपाल युवा संगठन पर्साले ” बिना संबिधान संशोधन सरकारमा नजान खबरदारी गरेको छ । ” सरकार मा जाने निर्णय बदर गर” पहिले संशोधन तब समर्थन ” अध्यक्ष मण्डल होशियार ” गल्ती न होस बारम्बार “भन्ने नाराका साथ् बिरगंजमा बृहत् र्याली र कोण सभाको आयोजना गरेको छ ।

आज बिरगंजको घन्टाघर चौकमा सहभागीहरु बहसको सो र्याली घन्टाघरमा शुरु भइ आदर्शनगर हुदै नगर परिक्रमा गरि पुनः घन्टाघरमा कोण सभामा परिनत भएको थियो । उक्त कोण सभामा बक्ताहरुले बिना संशोधन राजपा सरकारमा जान पाइदैन , बारम्बार मधेसी लाई धोका दिन पाइदैन भन्दै आक्रोश पोखेका थिए । अध्यक्ष मण्डललाई पार्टी निकट युवाहरुले खबरदारी गरेका थिए । उक्त कार्यक्रम राजपा निकट युवा संगठन पर्साका अध्यक्ष रबि सराफको नेतृत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा महिला नेत्री रम्भा मिश्रा र अजिता पतेल, कमला सराफ, अनु सराफ, सुशील पटेल, बिरेन्द्र कुर्मी, फिरोज, रामजी कुर्मी लगायत को उपस्तिथि रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *