Loading...
ओली सरकारको २२ सदस्यीय मन्त्रिमण्डलमा १२ जना पहाडी बाहुन, ४ मधेशी अनुहार

२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबाट मन्त्री थप्दै मन्त्रि मण्डल विस्तार गरेका छन् । सरकारको नेतृत्वकर्ता दल एमालेबाट ६ मन्त्री बनेका छन् भने माओवादीका पाँच मन्त्री बनेका छन् । चार राज्यमन्त्री पनि नियुक्त भएका छन् । यससँगै ओली सरकार २२ सदस्यीय बनेको छ ।

नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसामू सपथ लिएका छन् । त्यसैगरी राज्यमन्त्रीहरुले प्रधानमन्त्री ओलीसमक्ष सपथ लिएका छन् । त्यसैगरि २२ सदस्यीय मन्त्रि मण्डलमा ४ जना मधेशी अनुहार मात्र रहेका छन् ।

आज थपिएका मन्त्रीहरु:
वर्षमान पुन- ऊर्जा तथा जलस्रोत
गिरिराजमणि पोखरेल-शिक्षा
शक्तिबहादुर बस्नेत-वन तथा वातावरण
चक्रपाणि खनाल–कृषि तथा सहकारी
बिना मगर–खानेपानी तथा सरसफाइ
***
प्रदीप ज्ञवाली–परराष्ट्र
गोकर्ण विष्ट–श्रम
रवीन्द्र अधिकारी–पर्यटन
रघुविर महासेठ–भौतिक पूर्वाधार
शेरबहादुर तामाङ –कानुन
जगतबहादुर विश्वकर्मा–युवा तथा खेलकुद
राज्यमन्त्रीहरु:
गोकुल बाँस्कोटा- सञ्चार
पद्मा अर्याल
रामकुमारी चौधरी.

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *