Loading...
प्रहरी प्रशासनले तामाङ भाषामा बोल्न दिएनन् – भाषाबिद अमृत योन्जन तामाङ

हालै समातिएका गणेश लामालाई भेट्न जाँदा उनका बुबा पाल्साङ लामाले छोरासँग मातृभाषामा बोल्दा पुलिसले बोल्न नदिएको समाचार सार्वजनिक भएको छ। यदि समाचार सत्य हो भने यो कार्य नेपालको संंविधान (२०७२) बिरूद्ध हुनेछ ।

नेपालको वर्तमान संविधानको प्रस्तवना र धारा ३ मा नै नेपाल ‘बहुभाषिक मुलुक’को रुपमा आत्मसात गरेको छ भने धारा ६ ले नेपालम बोलिने सवै मातृभाषाहरू ‘राष्ट्रभाषा’ हुन् भनेको छ। यसै गरी धारा १८ मा भाषिक समानताको हक प्रदान गरेको छ। यसर्थ संविधान विरूद्ध प्रहरी प्रशासन कसरी जान सक्छ?

नेपाल नागरिकको आफ्नो मातृभाषामा बोल्ने संविधान प्रदत्त हक प्रहरी प्रशासनले हनन गरेको हुनाले गृह मन्त्रालयको यथाशिघ्र ध्यान जानुपर्दछ र यसबारे भाषा आयोग र राष्ट्रिय मानवअधिकार आयोगले पनि यसबारे पहल गरिनु पर्दछ।

मातृभाषाको बोल्न पाउने संवैधानिक हकलाई पञ्चायती शासकको जस्तो गरी व्यवहार कतैबाट हुनुहुँदैन। यसबारे मातृभाषी समुदाय र संघसंस्था अनि मातृभाषामा सपथ खाने सांसद र प्रदेश सांसदहरूले गम्भिर चासो राखेर उचित कदम चाल्न आवश्यक छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *