
नरेन्द्र साह,रौतहट,चैत्र ३ रौतहटको बौद्धिमाइ नगरपालिका वार्ड नंं. ६ साविक वार्ड नं. १ स्थित कोपवा पिपरिया भन्ने टोलमा आगलागी हुँदा ३ घर जलेर नस्ट भएको छ । आगलागीबाट स्थानीय एैनुल मिया दर्जी, चान्द महमद दर्जी र जनक राउत भेरिअरको घर जलेर नष्ट भएको स्थानीयले बताएका छन् । हाल स्थानीय वासि र स्थानीय प्रहरी चौकिको प्रयासबाट आगो नियन्त्रण गर्ने कार्य भैरहेको छ । आगो कसरी लागेको र आगलागीबाट भएको क्षति बारे विस्तृत विवरण आउँन बाँकि रहेको छ । उत्ता सदरमुकाम गौरबाट जिल्ला प्रहरी कर्यालयले थप सहायताका लागि गौर नगरपालिकाको वारुण यन्त्र पठाइएको खबर आएको छ । थप विवरण आउन बाकी.
Facebook Comments