
काठमाडौं । अन्ततः संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी नहुने भएको छ । सरकारसँग संविधान संशोधनमा लिखित सम्झौता नभएका कारण फोरम सरकारमा आज सहभागी नभएको स्रोतको दाबी छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको वार्तामा फोरम अध्यक्ष यादवले संविधान संशोधनमा लिखित सम्झौता आउनुपर्ने अडान लिएका थिए ।
फोरम सरकारमा सहभागी नहुने भएपछी मधेस केन्द्रित पार्टीलाई सरकारमा ल्याउने सपना चकनाचुर भएको छ ।
Facebook Comments