Loading...
फोरमको पदाधिकारी बैठक बस्दै, परराष्ट्र र स्थानिय मन्त्रालय नपाएपछि सहरीमा चित बुझाउदै

काठमाडौं, चैत ४ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मन्त्रीको नाम टुंग्याउन पदाधिकारी बैठक बोलाएका छन् ।
सरकारमा सहभागि जनाउनको लागि फोरमले मन्त्रीहरुको नाम पठाउने तयारीमा जुटेका छन् । वाम गठबन्धनले एक राज्यमन्त्री र दुई मन्त्रालय दिने भएपनि त्यसमा क–कसलाई पठाउने भन्नेमा संघीय समाजवादी फोरम नेपालले नाम टुंगो लगाउन सकेको छैन् ।

स्रोतका अनुसारमा शुक्रबार दुईजना मन्त्रीमा उपेन्द्र यादवले आफ्नो र राजेन्द्र श्रेष्ठको नाम पठाएका थिए । परराष्ट्र र स्वास्थ्य मन्त्रालय लिने गरि उनले नाम पठाएका थिए । तर, पार्टीभित्र विवाद देखिएपछि फोरम नेपाल शपथ ग्रहणका लागि गएन भने प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्रीको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिए ।

एमाले पार्टी स्रोतका अनुसार फोरम नेपालका लागि अहिले शहरी विकास र स्वास्थ्य मन्त्रालय छुट्याएर राखिएको छ । जसमा फोरम नेपालले असन्तुष्टि जनाएको छ र परराष्ट्रमा नै उपेन्द्रले अडान लिएका छन् । यसो त फोरममा मन्त्रीको आकांक्षीमा उपेन्द्र यादवसहित राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव, प्रदीप यादव, हरिनारायण रौनियार र इस्तियाक राइन रहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *